मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
फ्रान्सिन पोर्ज
२०७७ असार ३ बुधबार ०६:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

ट्रम्पका हावादारी कुरा सुन्नै नसकिने छन् 

ग्रिक पौराणिक कथामा बर्णित थुप्रै टाउका भएको कुकुररुपी राक्षस सेरबरसको मुख्य टाउको ट्रम्पको हो भने अरु उनका आसे-पासेका 

Read Time : > 2 मिनेट
फ्रान्सिन पोर्ज
२०७७ असार ३ बुधबार ०६:२८:००

आजकाल धेरै अमेरिकीको जीवन अस्तव्यस्त छ । घरमै बालबच्चा पढाउनुपरेको छ । बेरोजगारी सहनुपरेको छ । खाद्य बैंकमा लाइन बस्नुपरेको छ । रंगीय विभेदविरुद्ध आन्दोलनमा उत्रिनुपरेको छ । हाम्रो शैक्षिक र आर्थिक पद्धतिको चिन्ता त्यत्तिकै बढेर गएको छ । यस्तो वेला डोनाल्ड ट्रम्प हुनुको अर्थ के हो, उनको दिमागले कसरी र के सोचिरहेको छ तथा उनलाई के लागिरहेको छ भन्नेबारे हामीमध्ये एकादुईले मात्र सोच्ने फुर्सद पाएका छौँ ।

तर, पछिल्ला हप्ता ओभल अफिसबाट निस्केका असान्दर्भिक, आक्रामक तथा भ्रामक ट्विटका बाढीले राष्ट्रपतिबारे हामीलाई सोच्न बाध्य बनाएको छ । हामी उनका कमजोरी, उनको छुद्रता, सामान्य चेतको अभावसँग अभ्यस्त हुँदै गएका छौँ । तर, पनि उनले छाँट्ने हावादारी गफ र हामीले वरिपरि देखे–भोगेका अवस्थाबीच ठूलो अन्तर हुँदै गएको छ ।

के ट्रम्पलाई साँच्चै लाग्छ, प्रहरीद्वारा लडाइएर कानबाट रगत चुहिएका ७५ वर्षीय मार्टिन गुगिनो एन्टिफा कार्यकर्ता हुन् ? कसरी राज्यले गुगिनोलाई डरलाग्दो चुनौतीका रूपमा लिन सक्छ ? गुगिनो ढलेको त्यो भिडियो हेर्ने जोसुकैले अहिले ब्रेन इन्ज्युरीका कारण अस्पताल भर्ना भएका उनलाई कसरी एउटा आतंककारीको रूपमा लिन सक्छ ? चार वर्षदेखि अमेरिकी जनतालाई लगातार ढाँट्दै आइरहेका राष्ट्रपतिलाई लाग्न सक्छ, अहिले सबै अमेरिकीले झुटो बोलिरहेका छन् । अथवा उनी तथ्य र काल्पनिकीबीच फरक छुट्याउन असमर्थ छन् ।

वास्तविकता र वन अमेरिका न्युज नेटवर्कजस्ता संस्थाले फैलाएको षड्यन्त्रको सिद्धान्तको अफवाहबीच फरक छुट्याउन सक्दैनन् । अलिकति बेरोजगारी सुधार भएको देखिँदा अहिलेको अवस्थामा कुनचाहिँ पागलले जर्ज फ्लोयड स्वर्गबाट अमेरिकातिर फर्किएर मुस्कुराइरहेको देख्न सक्छ ?

कोभिड-१९ को महामारी अझै उस्तै छ, अर्थतन्त्र डाँवाडोल हुँदै छ, रंगभेदविरुद्धको आन्दोलन भर्खर सुरु हुँदै छ, त्यसैले विषम परिस्थितिमा नेताले इमानदारिता देखाऊन्, उनको चेत खुलोस् र जिम्मेवार रूपमा प्रस्तुत होऊन् भनेर आशा गरिनु स्वाभाविक हो।

अहिले सन् १९४६ मा अमेरिकी कूटनीतिज्ञ जर्ज केननले मस्कोबाट पठाएको आठ हजार शब्द लामो चिठीबारे सोच्दै छु । यसमा स्टालिनको शासनकाललाई हेरेर एकतन्त्र कसरी लादिन्छ भन्ने तरिकाहरू बताइएको छ । त्यहाँ आमनागरिकले समेत तथ्यलाई नकारेको सुन्दा हामीलाई अनौठो लाग्ने गर्छ । यो उल्लेखनीय किन पनि छ भने कार्यालय सम्हालेपछि १८ हजार झुटो बोल्ने तथा दाबी गर्ने राष्ट्रपतिसँग हामी बानी परिसकेका छौँ । तर, अहिले विकराल अवस्था आएको छ । यो राष्ट्रपतिको बकबास र विवादास्पद ट्विटका कारणले मात्र होइन कि हामीले अहिले भोगिरहेको विभिन्न संकटका कारण पनि हो ।

कोभिड-१९को महामारी अझै उस्तै छ, अर्थतन्त्र डाँवाडोल हुँदै छ, रंगभेदविरुद्धको आन्दोलन भर्खर सुरु हुँदै छ । त्यसैले यस्तो विषम परिस्थितिमा हाम्रो नेताले इमानदारिता देखाओस्, यसको चेत खुलोस् र जिम्मेवार रूपमा प्रस्तुत होस् भनेर हामीले आशा गर्नु स्वाभाविक हो । अहिले हामीलाई एउटा स्थायित्व चाहिएको छ । भविष्यप्रति यस्तो अनिश्चित हामी कहिल्यै भएका थिएनौँ। 

स्कुल कहिले खुल्ला ? हामीले फेरि काम कहिले पाउँछौँ ? पाउँला या नपाउँला ? हामारीपछिको हाम्रो जीवन कस्तो होला ? हामी अनभिज्ञ छौँ । यो परिस्थितिबाट डोहो-याएर पार लगाउने राष्ट्रपति हामीलाई चाहिएको छ । एउटा राष्ट्रपतिले कसरी भन्न सक्छ कि यति वेला हामी अझै विध्वंस खोजिरहेका छौँ । आजकाल जब म ट्रम्पका बारेमा सोच्छु, मेरो दिमागमा असुहाउँदो टाई झुन्ड्याएको, अस्वाभाविक कपाल बोकेको एउटा सुन्तलाजस्तो अनुहार भएको केटोको तस्बिर मात्रै दिमागमा आउँछ । ग्रिक-पौराणिक कथामा वर्णित थुप्रै टाउका भएको कुकुररूपी राक्षस सेरबरसलाई सम्झन्छु । तीमध्ये एउटा टाउको निश्चय नै डोनाल्ड ट्रम्पको हो र अरू टाउकाहरू उनलाई सल्लाह दिने आसेपासेका हुन् । 

आममानिसलाई देखाउने राक्षसको अनुहार डोनाल्ड ट्रम्पको हो, तर त्यहाँ इभान्का र ज्यावाइँका पनि अनुहार छन्, विलियमबार, मिचम्याकोनेल, स्टेफन मिलरका अनुहार पनि छन् । सन् १९२१ जुन १९ का दिन अमेरिकी इतिहासमा अन्तिम दासहरू स्वतन्त्र भएका थिए । त्यसै दिन रिपब्लिकनले टुल्सा, ओक्लाहामामा र्‍याली आयोजना गरेको थियो भने त्यहीँ त्यसैदिन श्वेत सर्वोच्चतावादीको झुण्डले तीन सय अश्वेतलाई मारेका थिए ।

सन् १८९५ मै मरिसकेका दास मुक्तिदाता फ्रेडरिक डगलसलाई ट्रम्पले २०१७ मा अझै जिउँदै रहेको र मान्छेले उनलाई चिनिरहेको आक्रोश पोखेका थिए । उनले तथ्य मात्र तोडमोड गरेका थिएनन्, चरम जातिवादी सोच पनि ओकलेका थिए । ग्रिक-पौराणिक कथाको सेरबरसलाई हामी नबिर्सौं । सन्की र खिच्चो सेरबरस आफूलाई नर्कको रक्षक सम्झन्थ्यो र उसका धेरै टाउकाले ढोकामा आउने जोसुकैलाई झम्टन्थ्यो । 

(पोर्ज प्रसिद्ध अमेरिकी उपन्यासकार, कथाकार तथा पेन अमेरिकाकी पूर्वअध्यक्ष हुन्)
द गार्जियनबाट