मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ३ बुधबार ०७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध    

Read Time : < 1 मिनेट
२०७७ असार ३ बुधबार ०७:१९:००

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा आज बिहान ४:१५ बजे पहिरो गएको हो ।     

अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारीसाधन रोकिएका छन् ।