Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७७ असार २ मंगलबार २०:४४:००
कोरोना अपडेट

सुदूरपश्चिमका क्वारेन्टाइनमा ५० हजार मानिस, तर स्वाब संकलन रोकियो 

२०७७ असार २ मंगलबार २०:४४:००

सुदूरपश्चिमका विभिन्न जिल्लामा अझै ५० हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसिरहेका छन् । तर, थ्रोट स्वाब राख्ने भाँडो भिटिएम (भाइरल ट्रान्सफर मिडिया) सकिएको भन्दै नमुना संकलन रोकिएको छ । 
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा भिटिएमको मौज्दात चार दिनअघि नै सकिएको हो ।

चार दिन अघिदेखि नै प्रदेशका अधिकांश स्थानीय तहमा शंकास्पद कोरोना संक्रमितको नमुना संकलन रोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भिटिएम सकिएपछि स्वाब संकलन प्रभावित भएको बताए । उनले भने, ‘आपूर्ति केन्द्रमा भिटिएमको मौज्दात कत्ति पनि छैन । भिटिएम आवश्यक परे स्थानीय तहहरूलाई आफैँ खरिद गर्न भनेका छौँ ।’ केन्द्र सरकारसँग पनि भिटिएमको माग गरेको उनको भनाइ छ । 

यसअघि पनि प्रयोगशालामा भण्डारण क्षमताभन्दा बढी स्वाब थुप्रिन थालेपछि एक साताअघि पाँच दिनका लागि स्वाब संकलन प्रदेशभर रोकिएको थियो । भिटिएम नहुँदा शंकास्पद व्यक्तिको समेत स्वाब संकलन गर्न नपाएको भन्दै स्थानीय तहहरूबाट गुनासो आइरहेको निर्देशनालयले जनाएको छ । आरडिटीमा एन्टिबडी पोजेटिभ देखिएका र कोरोनाको लक्षण भएकाहरूको समेत पिसिआर जाँच गर्न नपाएकोमा जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म संकलन भएकामध्ये दुई हजार चार सय ९३ स्वाबको परीक्षण हुन बाँकी छ । पछिल्ला केही दिनयता सुदूरपश्चिममा संक्रमितको संख्या ह्वात्तै बढेको छ । यहीवेला स्वाब संकलन रोकिँदा संक्रमण फैलने जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सुदूरपश्चिममा हालसम्म नौ हजार एक सय नमुना परीक्षण गरिएकोमा तीन सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।