मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७७ असार २ मंगलबार १८:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

दिल्लीबाट काखमा बसेर दूध चुस्दै आएका बालकलाई कोरोना, आमाको रिपोर्ट नेगेटिभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७७ असार २ मंगलबार १८:५८:००

दिल्लीबाट आमाको काखमा बसेर दूध चुस्दै आएका कञ्चनपुरको बेलौरी नगरपालिकाका एक बालकलाई कोरोना पुष्टि भएको छ । तर, आमाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

सँगै आएका छोरा र बाबुमा पनि कोरोना पुष्टि भएको, तर आमालाई नदेखिएको बेलौरीका कोभिड– १९ संयोजक मानबहादुर चन्दले बताए । उनीहरू तीन साताअघि घर फर्किएका थिए ।
 
‘बालकसहित आमाबाबुलाई नै आरडिटी पोजेटिभ देखिएको थियो, तर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पिसिआर परीक्षणमा आमाको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने । दिल्लीबाट फर्किँदादेखि क्वारेन्टाइनमा रहँदासम्म बालक आमाकै काखमा थिए । 

बालक र उनका बाबुसहित मंगलबार एकै दिन बेलौरीमा ११ जनामा कोरोना पुष्टि भएको छ । यसअघि एक युवकमा पुष्टि भएको थियो । 

नयाँ संक्रमित अधिकांश युवा छन् । उनीहरू १५ देखि ३२ वर्ष उमेरका भएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । 

संक्रमितहरूलाई बेलौरीको आइसोलेकन कक्षमा राखेर उपचार भयरहेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पोतिलाल चौधरीले संक्रमित सबैको अवस्था समान्य रहेको बताए । 

‘अहिले सबैको अवस्था सामान्य छ,’ उनले भने, ‘कुनै समस्या देखिए तुरुन्तै हायर सेन्टरमा लग्छौँ, त्यतिन्जेलसम्म यहीँ उपचार गर्छौँ ।’ 

सेती र महकाली अस्पतालका आइसोलेसन भरिभराउ भएपछि बेलौरी स्थानीय सरकारले नै उपचारको व्यवस्था गरेको हो । 

कञ्चनपुरकै शुक्लाफाँटामा यसअघि पनि अभिभावकसँग आएका ११ महिने शिशुमा कोरोना देखिएको थियो । उनकी आमाको रिपोर्ट भने नेगेटिभ आएको थियो । ती शिशु कोरोना निको भएर घर फर्किसकेका छन् ।