१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २ मंगलबार १५:२३:००
Read Time : > 1 मिनेट
विश्व

४५ बर्षपछि भारत–चीन सीमामा हिंसात्मक झडप, ३ भारतीय सैनिकको मृत्यु, चिनियाँ पक्षतर्फको हताहतीबारे चीन मौन

Read Time : > 1 मिनेट
२०७७ असार २ मंगलबार १५:२३:००

भारत र चीनको सीमाक्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमवार राती भारतीय र चिनियाँ सैनिकका बीच झडप भएको छ । जसमा परी  तीन भारतीय सैनिकको मृत्यु भएको छ । 

सो क्षेत्रमा करिब एक महिनायता भारत र चीनका सुरक्षाफौज आमनेसामने थिए । दुई देशबीच कुटनीतिक र सैन्य अधिकारीहरुको स्तरमा वार्ता भइरहेका बेला झडप भएको हो । 

भारत र चीन दुवैले एकअर्काको सीमामा एकअर्काका सैनिक प्रवेश गरेका कारण झडपको परिस्थिति निम्तिएको आरोप लगाएका छन । 
दुई देशका सैनिकबीच ४५ बर्षपछि यो स्तरको झडप भएको हो । 

भारतीय सेनाका एक अधिकृत र दुईजना जवानको मत्यु भएको भारतीय सैनिक मुख्यालयले जनाएको छ । 

चिनियाँ सेनातर्फ भएको हताहतीबारे भने अहिलेसम्म खवर सार्वजनिक भएको छैन् । 

झडपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेलको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन । तर सेनाले यसको औपचारिक पुष्टि गरिसकेको भने छैन । 

सम्भावित झडप रोक्न र परिस्थिति सामान्य बनाउन भारतीय र चिनियाँ सैनिक अधिकारीहरुको बैठक लद्दाखमा जारी रहेको नवभारत टाइम्सकी पत्रकार पुनम पाण्डेले जानकारी दिएकी छन ।

वार्तामा दुवै सेनाका मेजर जनरलस्तरको नेतृत्वमा सैन्य अधिकारीहरु छन । 

अरुणाचलस्थित सीमा क्षेत्रमा भारचीय र चिनियाँ सैनिकबीच सन १९७५ मा झडप भएको थियो । 

झडपमा ४५ जना भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ सैनिकहरु पनि घाइते भएका थिए । त्यसयता सीमा क्षेत्रमा पटक पटक सामान्य झडप भए पनि मृत्यु भएको थिएन । 

चिनियाँ विदेशमन्त्रालयलाई उद्घृत गर्दै ग्लोबल टाइम्सले भारतीय सैनिक चिनियाँ इलाकामा जबर्जस्ती प्रवेश गरेका कारण घटना भएको आरोप लगाएको छ । 

भारतीय सेनालाई संयमित राख्न र एकतर्फी रुपमा जबर्जस्ती चिनियाँ भु–भागमा प्रवेश गर्न नदिन चिनियाँ विदेश मन्त्रालयले भारत सरकारलाई सचेत पनि गराएको छ । 

घटनामा चिनियाँ सैनिक घाइते वा मृत्यु भएका बिषयमा चिनियाँ विदेश मन्त्रालयले केही पनि उल्लेख गरेको छैन् । 

एक महिनादेखि दुई दशबीच गतिरोध बढिरहेको थियो । 

भारतीय विदेश मन्त्रालयको चीन डिभिजन हेर्ने सहसचिव नवीन श्रीवास्तव र चिनियाँ विदेश मन्त्रालयका महानिर्देशक वु जियाङहउबीच २३ जेठमा भिडियो बैठक भएको थियो । 

तिब्बतमा भएको वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र चीनका तर्फबाट मेजर जनरल लियु लिन सहभागी थिए ।  
त्यसयता दुई चरणमा मेजर जनरलस्तरमा वार्ता भएको थियो । 

सोमवार मात्रै भारत र चीनका ब्रिगेड कमाण्डरस्तरमा वार्ता भएको थियो । 

गलवान उपत्यकामा भारत र चिनियाँ फौज क्रमशः पछि हट्दै गएको र परिस्थिति सामान्य हुँदै जाने अपेक्षा गरिका बेला झडप भएको हो । 

सीमा क्षेत्रमध्ये चीनले तिब्बततिर सडकलगायतको पूर्वाधार निर्माण गरिसकेको छ भने भारतले आफ्नो क्षेत्रमा सडक तथा पूर्वाधार बनाइरहेको छ । 

भारततर्फ निर्माण भइरहेको पूर्वाधारप्रति चीनले असन्तुष्टि जनाउँदै आएको थियो । 

त्यहीबीचमा दुई सेना आमनेसामने अवस्थामा थिए । 

भारत र चीन दुबैले करिब एक ब्रिगेडस्तरका सैनिक सीमा क्षेत्रमा खटाएका थिए । पूर्वी लद्दाखका गलवानबाहेक पांगोंग सो, डेमचोक, दौलत बेग ओल्डीलगायतमा एक महिनायता दुवै देशका सैनिक आमनेसामने छन ।