मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २ मंगलबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएकाहरूको एक करोडको बिमा हुनुपर्ने कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २ मंगलबार १५:१०:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरूका लागि सरकारले निःशुल्क एक करोडको बिमा गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझएको छ ।

७७ वटै जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरूको निःशुल्क बिमाको माग गरेको हो । 

कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको सरकारले प्रतिव्यक्ति एक करोडको बिमा गर्न कांग्रेसले माग गरेको छ । 

कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति सबुज बानियाँले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएकाले अग्रपंक्तिमा कार्यरतहरूको मनोबल बढाउन यस्तो माग गरेको बताए ।

उनले सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सीमित भएको र जनताको समस्या सम्बोधन गर्ने गरी अगाडि नबढेकाले प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताए । 

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सरकारले १० अर्ब खर्च गरेको सार्वजनिक भइरहँदा महानगरपालिकालाई एक रुपैयाँ पनि प्राप्त नभएको बताइन् । 

कांग्रेस जिल्ला कार्यसमितिले राहत न्यायपूर्ण ढंगबाट वितरण गर्नुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटेल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानका लागि विशेष कार्यायोजनासहित राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरेको छ । 

क्वारेन्टाइनको सुधार गर्नुपर्ने पिसिआर परीक्षण बढाउनुपर्ने माग कांग्रेसले ज्ञापनपत्रमार्फत गरेको छ ।