मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार २ मंगलबार १२:२४:००
Read Time : < 1 मिनेट
समाचार

पिसिआर मेसिन खरिदका लागि  भीमदत्त नगरपालिकालाई आर्थिक सहयोग 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार २ मंगलबार १२:२४:००

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षण गर्न पिसिआर मेसिन खरिद गर्ने भएपछि निजी क्षेत्रबाट समेत सहयोग आइरहेको छ । मंगलबार महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक कलेज (केभिएम)ले नगद सहयोग गरेको छ । 

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका विद्यार्थी अगुवा भुवनसिह विष्टले कञ्चन विद्या मन्दिरले भीमदत्त नगरपालिकालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको बताए । उनका अनुसार कञ्चन विद्या मन्दिर एवं कलेजका अध्यक्ष दुर्गाप्रसाद जोशी र कलेज प्रमुख डा. राजकुमार साउदले भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टलाई कोरोना परीक्षण मेसिन खरिद गर्ने भएपछि उक्त रकमबराबरको चेक हस्तन्तरण गरेका छन् । 

कञ्चन विद्या मन्दिरका प्रमुख डा. राजकुमार साउदले महामारीका वेला जिल्लाकै एक मात्र भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने प्रण गरेपछि भीमदत्त नगरको पहलमा साथसमर्थन जनाएको बताए ।  भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले निजी, संस्थागत क्षेत्रबाट सहयोग आएसँगै नगरपालिकालाई कोरोना महामारीसँग लड्न सहज हुने बताए । सहयोगी हातहरूप्रति नगरप्रमुख विष्टले आभार प्रकट गरे । 

नगरप्रमुख विष्टले पिसिआर मेसिन खरिदका लागि आवश्यक प्रक्रिया अघि बढिसकेकोसमेत जनाए । स्वाब नमुना संकलन गरेर कोरोना परीक्षणका लागि पिसिआर विधिबाट पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी केन्द्र (बायो सेल्युरेटरी लेबल २)मा परीक्षण गर्दा ढिलाइ भएकाले भीमदत्त नगरपालिकाले पिसिआर मेसिन खरिद गरेर महाकाली अस्पताललाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।