१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २ मंगलबार १३:११:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

जेठमा काेराेना संक्रमणबाट १९ को निधन, प्रदेश ५ का सबैभन्दा बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २ मंगलबार १३:११:००

देशमा कोरोनाको संक्रमण फैलिन थालेयता हालसम्म १९ जनाको निधन भएको छ । 

नेपालमा पहिलोपटक कोरोना संक्रमणका कारण गत १ जेठमा एक महिलाको निधन भएको थियो । तर उनकाे काेराेना परीक्षणकाे रिपाेर्ट भने ३ जेठमा मात्र आएकाे थियाे । साेही दिन अर्थात ३ जेठमा सरकारले काेराेना संक्रमणबाट देशमा पहिलाे व्यक्तिकाे निधन भएकाे पुष्टि गरेकाे थियाे ।

काेराेना संक्रमणबाट अहिलेसम्म भएका मृत्यु भएका १९ जना सबैकाे जेठमै निधन भएकाे हाे । 

सोमबारसम्मको तथ्यांकअनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै प्रदेश ५ का ६ जना छन् । कुल संक्रमित १७ सय ४१ रहेको यस प्रदेशका सबै १२ जिल्लामै कोरोनाको संक्रमित देखिएका छन् ।  

बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट चारजनाको निधन भएकाे छ । याे प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । यस प्रदेशमा हालसम्म दुई सय ३२ जनामा कोरोना पुष्टि भएको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित रहेको प्रदेश २ मा हालसम्म तीनजनाको निधन भएकाे छ । यस प्रदेशको सबै आठ जिल्लामै संक्रमण फैलिएकाे छ । 

यस प्रदेशमा दुई हजार दुई सय ८० जनामा कोरोना संक्रमण भेटिएको छ । 

कर्णाली प्रदेशमा हालसम्म निधन हुनेको संख्या तीन रहेको छ । 

यस प्रदेशका सबै १० जिल्ला कोरोनाको चपेटामा आएका छन् । कर्णाली प्रदेशमा हालसम्म एक हजार ९४ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोनाका कारण दुईजनाको निधन भएको छ । 

प्रदेशका नाै जिल्लामै कोरोनाको संक्रमण देखापरेको छ । 

यस प्रदेशमा हालसम्म दुई सय ६६ जनामा कोरोना पोजेटिभ भेटिएका छन् ।  

गण्डकी प्रदेशमा हालसम्म एकजनाको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रदेशका ११ जिल्लामध्ये नाै जिल्लामा संक्रमण फैलिन पुगेको छ । 

यस प्रदेशमा हालसम्म एक सय ९९ जनामा कोरोना संक्रमण भएको पाइएको छ । 

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमणका कारण निधन भएको छैन । 

यस प्रदेशका १४ जिल्लामध्ये १३ जिल्लामा कोरोना देखापरेको छ । 

प्रदेश १ मा हालसम्म तीन सय ९९ जनामा कोरोना पुष्टि भएको छ । 

देशभर सोमबारसम्म काेराेन संक्रमितकाे संख्या ६ हजार दुई सय ११ पुगेकाे छ ।  

त्यसमध्ये एक हजार ४१ जना निको भई घर फर्कन सफल भएका छन् ।