मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २ मंगलबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

Read Time : < 1 मिनेट
२०७७ असार २ मंगलबार १०:४०:००

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको निधन भएको छ । विगत १० महिनादेखि क्यान्सर रोगबाट पीडित शेर्पाको मंगलबार बिहान सोलुखुम्बुस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथासमेत रहेको स्थान खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मंगलबार निधन भएको गाउँपालिकाले जनाएको हो । आमाशयमा रहेकाे सानो आन्द्रामा क्यान्सर भएपछि लामो समयदेखि अध्यक्ष शेर्पा उपचाररत थिए ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि दुई हप्ताअघि जन्मस्थल लुक्ला लगिएको थियो । क्यान्सर लागेपछि शेर्पा थप उपचारका लागि १० महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनको दुई महिनासम्म रेडियोथेरापी गरिएको थियो । त्यसपछि काठमाडौं फर्किएर शेर्पाले ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए । 

अध्यक्ष शेर्पाको निधनले अपूरणीय क्षति पुगेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टसील्हामु शेर्पाले बताइन् । आफू नियमित काममा सक्रिय हुन नसकेपछि अध्यक्षले उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।