मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १ सोमबार ११:१६:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा भक्तपुरका दुईको  मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार १ सोमबार ११:१६:००

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी भक्तपुरमा दुईजनाको ज्यान गएको छ । खरिपाटीबाट कमलविनायकतर्फ आउँदै गरेको बा.९५प १४५५ नम्बरको मोटरसाइकलचालक मृत्यु भएको हो । आइतबार साँझ पौने ६ बजे दुर्घटनामा परेका भक्तपुर नगरपालिका– १० का रन्जित माहाजुलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएकोमा राति साढे १० बजे उनको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । 

यस्तै, बिहीबार दिउँसो भएको दुर्घटनामा घाइते भएकी लक्ष्मी कार्कीको पनि मृत्यु भएको  छ । मध्यपुरथिमि नगरपालिका– ९, बोडेमा बा.५ख ४३११ नम्बरको पानीको ट्यांकर र बा.९२प ७०७७ नम्बरको स्कुटी एक–आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटीको पछाडि सवारी काठमाडौंको कागेश्वरी बस्ने ४५ बस्ने कार्की घाइते भएकी थिइन् । उनलाई कोरियामैत्री अस्पतालमा प्राथमिक उपचारपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, आइतबार बेलुकी ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुवै सवारीसाधन र ट्यांकरचालक जिल्ला रामेछाप मन्थली– ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षीय राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।