मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ ३२ आइतबार १५:५९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सरकारको विरोधमा यसरी सडकमा उत्रिए बाग्लुङका युवा (फोटोफिचर) 

Read Time : < 1 मिनेट
२०७७ जेठ ३२ आइतबार १५:५९:००

जेठ महिनाको टन्टलापुर घाम, बीचसडकमा हातमा नेपालको झण्डा र सरकारविरोधी नारा लेखिएका प्लेकार्ड, कोरोनाको जोखिमलाई ख्यालमा राखी शारीरिक दूरीसमेत कायम गरेर सयौँको संख्यामा प्रदर्शनमा उत्रिएका युवाकाे भिडले आइतबार बाग्लुङ सदरमुकामको लोकतान्त्रिक चोक भरिएको थियो । लकडाउनका बीच स्वतन्त्र रूपमा निस्किएका  युवाले सरकारको विरोधमा प्रदर्शन गरेका थिए । 

राष्ट्रिय गान गाएर सुरु गरिएको प्रदर्शनमा अन्य नाराहरू भने लगाएका थिएनन् । उनीहरूले सरकारविरोधी नारा लेखिएकाे प्लेकार्ड बोकेका थिए भने बीचबीचमा अन्य राष्ट्रिय गानहरू बजाएका थिए । एक घन्टासम्म तातोसडकमा बसेका युवाले  अन्त्यमा  गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ भन्ने गीतबाट प्रदर्शनलाई समापन गरेका थिए । 

उनीहरू कुनै राजनीतिक दल, कुनै संस्थाले बोलाएर आएका हाेइनन् । केवल सामाजिक सञ्जालमार्फत  गरिएको आह्वानमा स्वतस्फुर्त रूपमा भेला भएका हुन् । उनीहरूले दल र विद्यार्थी संगठनले भन्दा फरक शैलीले प्रदर्शन गरेका थिए ।  प्रदर्शनमा सहभागीले आफूहरू स्वतन्त्र ढंगले सरकारको विरोधमा उत्रिएको बताए ।