मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३२ आइतबार १२:५१:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

सार्क कोरोना मिटर : भुटानमा सबैभन्दा कम संक्रमित, भारत बढी प्रभावित, नेपाल सार्क देशकाे चौथो नम्बरमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३२ आइतबार १२:५१:००

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सदस्य देशहरू सबैमा कोरोनाको संक्रमण फैलिएको छ । सार्कका आठ देशमध्ये भुटानले कोरोना संक्रमण नियन्त्रण गर्न राम्रो सफलता प्राप्त गरेको देखिएको छ । 

सार्क देशमा भुटानमा सबैभन्दा कम मानिसमा मात्र कोरोनाको संक्रमण फैलिएको छ । अहिलेसम्म भुटानमा एकजनाको पनि कोरोना संक्रमणका कारण निधन भएको छैन । 

विश्वका कुल दुई सय १५ देश कोरोनाबाट प्रभावित भएको सूचीमा भुटानको अवस्था १८१औँ नम्बरमा छ । जहाँ जम्मा ६६ जना मात्र कोरोनाबाट संक्रमित भएका छन् भने २१ निको भएका छन् । 

सार्क देशमा श्रीलंकाले पनि कोरोना नियन्त्रणमा प्रभावकारी उपस्थिति देखाउन सफल भएको छ । 

कोरोना संक्रमण हुने देशहरूको सूचीमा श्रीलंका १००औँ स्थानमा छ । 

यहाँ एक हजार आठ सय ८४ जना कोरोनाबाट संक्रमित भएका छन् । ११ जनाको निधन भएको छ भने एक हजार दुई सय ५२ जनाले कोरोनामाथि विजय हासिल गरेका छन् । 

त्यसपछि सार्क देशहरूको तेस्रो नम्बरमा माल्दिभ्स छ । 

यहाँ दुई हजार १३ जना कोरोनाबाट संक्रमित भएका छन् । अहिलेसम्म कोरोनाकै कारण आठजनाको निधन भएको छ भने एक हजार दुई सय १७ जना निको भएका छन् । विश्वमा कोरोना संक्रमण भएको सूचीमा माल्दिभ्स ९८औँ नम्बरमा छ । 

सार्कका देशहरूमा नेपालको अवस्था चौथो नम्बरमा रहेको छ । नेपाल विश्वमा कोरोना संक्रमण भएका देशहरूको सूचीमा भने ७१औँ स्थानमा छ । 

नेपालमा अहिलेसम्म पाँच हजार तीन सय ३५ जना कोरोनाबाट संक्रमित भएका छन् । हालसम्म यहाँ कोरोना संक्रमणका कारण १८ जनाको निधन भएको छ भने नाै सय १३ जना कोरोनालाई परास्त गरी निको भएका छन् । 

त्यसपछि सार्क देशहरूमा अफगानिस्तान रहेको छ । विश्व कोरोना संक्रमण भएका देशहरूको सूचीमा अफगानिस्तान ४०औँ नम्बरमा छ । जहाँ २४ हजार एक सय दुईजनामा कोरोनाले आक्रमण गरेको छ । 

यहाँ चार सय ५१ जनाको कोरोना संक्रमणकै कारण निधन भएको छ भने चार हजार दुई सय एकजना निको भएका छन् । 

बंगलादेशमा विश्व कोरोना संक्रमित देशहरूको सूचीमा १८औँ नम्बरमा रहेको छ । जहाँ ८४ हजार तीन सय ७९ जना कोरोना संक्रमित रहेका छन् । 

अहिलेसम्म कोरोनाबाट एक हजार एक सय ३९ जनाको निधन भएको छ भने १७ हजार आठ सय २८ जनामा कोरोना संक्रमण निको भएको छ । 

सार्क देशको सदस्य राष्ट्र पाकिस्तानमा सार्क देशहरूमध्ये दोस्रो धेरै संक्रमित रहेका छन् । विश्व कोरोना सूचीमा पाकिस्तान १५औँ स्थानमा छ । 

जहाँ एक लाख ३९ हजार दुई सय ३० जना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण पाकिस्तानमा दुई हजार ६ सय ३२ जनाको निधन भएको छ भने ५१ हजार सात सय ३५ जना निको भएका छन् । 

सार्कको सदस्य राष्ट्र भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । भारत विश्वको कोरोना संक्रमित दुई सय १५ देशको सूचीमा चौथो नम्बरमा रहेको छ ।

जहाँ तीन लाख २१ हजार ६ सय २६ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण नाै हजार एक सय ९९ जनाको निधन भएको छ । 

कोरोनामाथि विजय हासिल गरी एक लाख ६२ हजार तीन सय ७९ जना निको भएका छन् । 

विश्वको अवस्था 
यो समाचार तयार पर्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

विश्वमा ७८ लाख ७२ हजार ६ सय ८४ जनामा कोरोनाले आक्रमण गरेको छ । त्यसमध्ये चार लाख ३२ हजार चार सय ७५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । 

४० लाख ४२ हजार चार सय ६६ जना भने कोरोना जितेर घर फर्कन सफल भएका छन् । 

सबैभन्दा धेरै कोरोनाको संक्रमण अमेरिकामा देखिएको छ ।

दोस्रो नम्बरमा ब्राजिल रहेको छ । तेस्रो नम्बरमा रुस रहेको छ । पाँचौँमा बेलायत रहेको छ भने छैटाैँमा स्पेन बढी कोरोना संक्रमित हुनेको सूचीमा छ । इटाली सातौँ नम्बरमा छ भने पेरू आठौँ, जर्मनी नवाैँ नम्बरमा छ भने इरान १०औँ नम्बरमा रहेको छ ।