मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ३२ आइतबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार

बिरामी बोक्ने एम्बुलेन्समा रक्सी 

Read Time : < 1 मिनेट
२०७७ जेठ ३२ आइतबार १०:५४:००

काभ्रेको चौरीदेउराली गाउँपालिकाको  एम्बुलेन्सले रक्सी बोक्ने गरेको पाइएको छ । प्रदेश ३ बा.२३च २१४७ नम्बरको एम्बुलेन्सले रक्सी बोकेको पाइएको हो । केही महिनाअघि मात्र क्यानेडियन रेडक्रसको अनुदानमा नेपाल रेडक्रस ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत चौरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स दिइएको थियो ।

उक्त एम्बुलेन्समा रक्सी बोकेको गुनासो स्थानीयले गरेपछि एम्बुलेन्सचालकलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाले नियन्त्रणमा लिएर चालकलाई स्पष्टीकरण सोधेको छ । उक्त एम्बुलेन्सले रक्सी मात्र हाेइन, नक्कली बिरामी बनाएर यात्रु पनि बोक्ने गरेको खुलेको छ । त्यसरी नै यात्रु बोकेको पाएर काभ्रे र भक्तपुरको सिमानामा रहेको प्रहरी चेकपोष्टले दुईपटक नियन्त्रणपश्चात् छोडेको थियो । 

नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवाप्रमुख भोजराज ओझाले उक्त एम्बुलेन्सले मदिरा बोकेको स्विकारेका छन् । एम्बुलेन्सले मदिरा बोकेको गुनासो आएपछि चालकलाई लिखित स्पष्टीकरण सोधेको उनले बताएका छन् । ‘अहिले एम्बुलेन्सको ब्रेकफेल भएकाले बनाउनका लागि ग्यारेजमा दिइएको छ । ‘रक्सी बोकेको भन्ने गुनासो आएपछि नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाले चालकलाई लिखित स्पष्टीकरण सोधेको छ,’ उनले भने, ‘छिटै बनाएर बिरामीको सेवामा फर्काउँछौँ ।’