१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार १९:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार १९:०४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशाेधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा भएको बताए । 

आगामी प्रक्रिया के हुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,  ‘संविधान संशोधन एक ढंगले सर्वसम्मत रूपमा पारित भएको छ, केही सांसद अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ ।’