मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार

यी हुन् आजको प्रतिनिधिसभामा अनुपस्थित सांसदहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार १८:५६:००

संविधान संशोधन विधेयक पास गर्न बोलाइएको शनिबारको प्रतिनिधिसभा बैठकमा १७ जना सांसद अनुपस्थित रहे । सांसद अमृतादेवी अग्रहरि, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी,  धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल , ज्ञानकुमारी छन्त्याल अनुपस्थित रहेका हुन् ।

सांसदहरू हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताब आलम जेलमा छन्र भने विजयकुमार गच्छदार निलम्बित छन् । यस्तै सांसद सरिता गिरी बैठक बहिष्कार गरी बाहिर निस्किएकी थिइन् । प्रतिनिधिसभाको आजको बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए।