Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ३१ शनिबार १७:४७:००
Read Time : > 1 मिनेट
खेलकुद

पाकिस्तानी क्रिकेटर अफ्रिदीलाई कोरोना संक्रमण

Read Time : > 1 मिनेट
२०७७ जेठ ३१ शनिबार १७:४७:००

क्रिकेटर एवं पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी कोरोना संक्रमित भएका छन् । अफ्रिदी स्वयंले सामाजिक सञ्जालमा आफू कोरोना भाइरसबाट संक्रमित भएको खुलासा गरेका हुन् ।

कोरोना महामारीको वेलामा अफ्रिदी राहत वितरणमा सक्रिय थिए । राहत वितरण वेलामा पनि उनले प्रशस्तै सावधानी भने अपनाएका थिए । तैपनि उनमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तीन दिनदेखि सन्चो नभएको र शरीर दुखेको उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनी भन्छन्, ‘बिहीबारदेखि मलाई सन्चो छैन, शरीर पनि निकै दुखेकोे छ । सन्चो नभएपछि अस्पताल गएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।’ रगत परीक्षण गराउँदा रिपाेर्ट कोरोना पोजेटिभ आएको उनले बताए । 

भगवानको कृपाले छिटै निको हुने उनको विश्वास छ । अफ्रिदी लेख्छन्, ‘इन्सालाह (भगवान) को कृपा र साथीहरूको प्रार्थनाले म छिटै निको हुनेछु ।’ पाकिस्तानमा कोरोना संक्रमणबाट पहिलो श्रेणीका क्रिकेटर रइज शेख (५१) तथा जफर सरफराज (५०) को उमेरमा निधन भएको थियो । 

अफ्रिदीले करिअरमा २७ टेस्ट खेल्दै १७ सय १६ रन बनाएका थिए । यसैगरी एकदिवसीय क्रिकेटमा उनले तीन सय ९८ खेलबाट आठ हजार ६४ रन बटुलेका छन् । उनले क्रिकेटको छोटो फम्यार्ट टी–२० मा ९९ खेलबाट १४ सय १६ रन बनाएको रेकर्ड छ । विश्वचर्चित इन्डियन प्रिमियल लिग (आइपिएल) मा दश खेलबाट उनले ८१ रन बनाएका थिए । 

तौफिक उमर पनि संक्रमित
अफ्रिदीसँगै पाकिस्तानका अर्का क्रिकेटर तौफिक उमर पनि कोरोना संक्रमित भएको पाकिस्तानी समाचार एजेन्सी (पिटिआई) ले जनाएको छ । तौफिक अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् । तौफिकले पाकिस्तानको राष्ट्रिय टोलीबाट ४४ टेस्टमा २९ सय ६३ रन बटुलेका छन् । यसैगरी १२ एकदिवसीयमा उनले पाँच सय चार रन बनाए । 

कोरोना संक्रमणबाट हालसम्म विश्वका चर्चित सात खेलाडीले ज्यान गुमाएका छन् । जापानका सुमो खेलाडी सोबुसी, इंग्ल्यान्डका फुटबलर नार्मन हन्टर, स्विटरजरल्यान्डका आइस हक्की खेलाडी रोजर शेपो, फ्रान्सका फुटबलर बर्नान्डो गोन्जालेज, इंग्ल्यान्डका क्रिकेटर डेभिड हाजकिस तथा फ्रान्सका ओलम्पियन पेप दिओफ कोरोना संक्रमितका कारण ज्यान गुमाएका थिए ।