मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार

दिल्ली र बेइजिङले सुनोस्– नेपालीलाई आफ्नो मातृभूमि प्यारो छ : देवेन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार १६:२८:००

नेकपा सांसद देवेन्द्र पौडेलले आफूहरूले अरूको भूगोल नचाहेको, बरु नेपालकै भूमि चाहेको बताएका छन् । 

आमा र मातृभूमि सबै देशका नागरिकका लागि सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ छ । 

पौडेलले भने, ‘प्रत्येक देशका लागि दुई कुरा महत्वपूर्ण हुन्छ । पहिलो आमा र दोस्रो मातृभूमि । यी दुई कुरा सबैभन्दा प्यारा हुन्छन् । कसैसँग लक्षित नगरी भन्न चाहन्छौँ– दिल्ली र बेइजिङले सुनोस्– हामी नेपालीका पनि यी दुई कुरा संसारमा सबैभन्दा बढी प्यारा छन् । हामी खबरदारी गर्न चाहन्छौँ– हाम्रो नेपालीहरूको मातृभूमि त्यसैगरी प्यारो छ । हामीले तपाईंहरू कसैको भूगोल चाहेका छैनौँ, हामीले हाम्रो भूगाेल चाहेका छौँ । हाम्रो मातृभूमिको कलेजोको टुक्रा हामीले चाहेका छौँ । महाकाली नदी आधा हो, पानी साझा हो भनेर नेपालीले धेरै नारा लगाए । हामीले त्यही मातृभूमि यहाँ चाहेका छौँ ।’