मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ३१ शनिबार १४:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नक्सा प्रकाशनसँगै भारतसँग संवादको निम्ति पहल बढाउनुपर्छ : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ३१ शनिबार १४:३२:००

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशित गर्नुको साथसाथै भारतसँग संवादको पहल बढाउनुपर्ने बताएका छन् । 

नेपालले वार्ताको प्रस्ताव अघि बढाउँदा त्यसमा तत्परता देखाउनुको सट्टा भारतले त्यही भूमिबाट मानसरोवरसम्म जाने बाटोको उद्घाटन गरिदिँदा नेपालको राष्ट्रिय भावनालाई चुनौती दिएजस्तो महसुस भएको उनले बताए ।  

प्रतिनिधिसभा बैठकमा शनिबार उनले भने, ‘प्रधानमन्त्रीले ड्राफ्ट गरेको डिप्लोम्याटिक नोट मलाई पनि पढ्ने अवसर प्राप्त भयो । त्यो जिम्मेवारपूर्ण भाषामा दह्राेसँग वार्ताको निम्ति अपिल गरिएको छ । प्रधानमन्त्री लेभलमा त राजनीतिक वार्ता हुन सक्छ, तर हाम्रो जोइन्ट कमिटी तहमा गम्भीर वार्ता गरेर यो समस्या समाधान गर्नुपर्छ भनेर लेखिएको थियो । र, मलाई विश्वास थियो छिटै वार्ता हुन्छ । नक्सा प्रकाशित हुनुभन्दा अगाडि नै वार्ता भएर समस्याको समाधान भयो भने त्यो धेरै राम्रो कुरा हो । त्यसका विकल्पहरूमाथि छलफल सुरु भए त्यो ऐतिहासिक हुन्छ भन्ने मेरो विश्वास पनि थियो ।’

तैपनि वार्ताको प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । वार्ता हुनेको सट्टा त्यही विवादित भूमिबाट लकडाउनका वेला बाटो उद्घाटन हुँदा सबैलाई उद्वेलित र तरंगित भएको उनको भनाइ थियो ।

‘वार्ताका निम्ति तत्परता देखाउनुको सट्टा त्यही भूमिबाट मानसरोवरसम्म जाने बाटोको उद्घाटन गरिदिँदा हामी सबैलाई झनै उद्वेलित र तरंगित बनाइदियो,’ उनले भने, ‘नेपालको राष्ट्रिय भावनालाई चुनौती दिएजस्तो महसुस भयो ।’

थप समाचार

नेपालको स्वाधिनतालाई सुदृढ गर्ने महान् अभियानको क्रममा यहाँ आइपुगेका छौँ : प्रचण्ड

भूमि फिर्ता ल्याउने विषय हाम्रो सामूहिक विवेकको प्रतिफल हो : प्रचण्ड

भारतसँग दुश्मनी चाहेका छैनौँ : प्रचण्ड

नेपालको स्वाधीनतालाई सुदृढ गर्ने महान् अभियानको क्रममा यहाँ आइपुगेका छौँ : प्रचण्ड

विवादित भूमिलाई भारतले नयाँ नक्सामा समावेश गरेपछि हामीलाई झस्क्यायो : प्रचण्ड

राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता लिने गौरव संसद्लाई मिल्यो : प्रचण्ड