१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार १४:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भूमि फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता देखियो : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार १४:२०:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता प्रदर्शित भएको बताएका छन् । 

 प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताए । 

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यो भूमि नेपालमा समेट्नु जायज र स्वfभाविक भएको बताए ।

उनले याे राष्ट्रिय एजेन्डाको विषय भएकाले सबै दलहरूले साथ दिएको बताए । 

सीमाका विषयमा काली नदी नै सीमारेखा स्पष्ट उल्लेख भएको भन्दै उनले आफ्नो भूमि समेट्नु नेपालको स्वाभाविक कार्य भएको बताए ।

सभापति देउवाले सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमिन नेपालको हो भन्ने कुरा स्पष्ट रहेको तथा अंग्रेज र चीनले छापेको नक्सामा पनि काली नदीपूर्वको जमिन नेपालको भएको स्पष्ट गरे । 

उनले भने, ‘कालीनदीपूर्वको जमिन नेपालको हो भन्ने कुरा स्पष्ट छ । हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले पनि सशोधन प्रस्तावका पक्षमा निर्णय गरेको छ । यो संशोधन प्रस्तावलाई हाम्रो केन्द्रीय समितिले पूर्ण रूपमा समर्थन गरेको छ भने संसदीय दलले पनि पूर्ण समर्थन गरेको छ । यसमा सबै पार्टीको समर्थन देखिनु, यो नेपालीहरूको राष्ट्रिय एकता र नेपालको हितमा देखिएको छ । नेपालीहरू जुनसुकै ठाउँमा भए पनि राष्ट्रिय हितका लागि, सार्वभौमसत्ताका लागि, अखण्डताका लागि एकजुट छन् भन्ने कुरा स्पष्ट भएको छ ।’