Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३० शुक्रबार १८:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोभिड– १९ बाट थप एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३० शुक्रबार १८:२७:००

कोरोना भाइरस (कोभिड– १९) बाट थप एकजनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका– ४ का ५७ वर्षीय पुरुषको निधन भएको बताए । गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोलानजिक उनको निधन भएको हो । 

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेका वेला श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । 

मन्त्रालयका प्रवक्ता डा. गौतमले मृत्युपछि उनको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार २९ जेठमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताए । योसँगै कोभिड– १९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।