मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ३० शुक्रबार ०६:५१:००
Read Time : < 1 मिनेट
अर्थ

आन्तरिक  रोजगारी बढाउन सरकार र निजी क्षेत्रको सहकार्य :  मन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ३० शुक्रबार ०६:५१:००

श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आन्तरिक रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी बनाइने बताएका छन् । उनले वैदेशिक रोजगारीबाट फर्किएकाको सीप र अनुभवलाई सदुपयोग गरी स्वरोजगारका अवसरमा जोड्न ठोस कार्यक्रम अगाडि बढाइने बताए । 

बिहीबार निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा मन्त्री यादवले आर्थिक मन्दीको अवस्थामा श्रम बजारमा परेको प्रभाव र चापलाई मध्यनजर गर्दै रोजगारीको वातावरण बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे । 

भेटघाटमा निर्माण व्यवसायीहरूले कोरोना महामारीले सार्वजनिक विकास निर्माणका आयोजनाहरू सञ्चालनमा सुस्तता आएको बताएका थिए । कोरोनाले श्रमिकको रोजगारीमा प्रतिकूल प्रभाव पारेको, खरिद प्रणालीका कारणले आयोजना कार्यान्वयनको शिथिल अवस्था, श्रममूलक कार्य र उपभोक्ता समितिको कार्य प्रभावकारिता र गुणस्तर, प्रविधिमूलक र श्रममूलक कार्यबीचको लागत प्रभावकारिताले यस क्षेत्रको समस्यालाई सम्बोधन गर्ने सुझाब दिएका थिए । 

त्यस्तै, स्वदेशी श्रमशक्ति परिचालनको रणनीति तथा उनीहरूको सीप विकास, काम गर्नेप्रति सम्मानित संस्कारको विकास, आगामी दिनमा सरकारले छुट्याएको विकास बजेट कार्यान्वयन गर्ने ठोस रणनीतिबाट मात्र रोजगारी सुनिश्चित हुने पक्ष र यस क्षेत्रमा रहेका नीतिगत तथा कार्यक्रमिक चुनौतीलाई सम्बोधन गर्नेलगायतका महत्वपूर्ण सुझाबहरू लिखित रूपमा समेत प्रस्तुत गरेका थिए । नेपाल श्रमशक्ति सर्वेक्षणको पछिल्लो तथ्यांकअनुसार निर्माण क्षेत्रले करिब १० लाखजनालाई रोजगारी दिने गरेको छ ।