मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी
२०७५ माघ १४ सोमबार १२:१३:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपातले मार्तडी–कोल्टी सडक अवरुद्ध  

Read Time : < 1 मिनेट
गगन अयडी
२०७५ माघ १४ सोमबार १२:१३:००

लगातारको हिमपातका कारण मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुबीच बाटोमै अलपत्र परेका छन् । 

हिमपातका कारण मानिसको दैनिकी कष्टकर बनेको छ । कामकाजका लागि सदरमुकाम मार्तडी आउने मानिसले सास्ती खेप्नुपरेको छ । ढम्कनेदेखि पाण्डुसैनसम्म बाक्लो हिमपात भएकाले हिँडेर आवतजावत गर्न सम्भव नभएको स्थानीय लक्ष्मीराज पाध्यले बताए ।  

हिमपातले गर्दा ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले  यात्रा गर्न जोखिक भएको स्थानीय यातायात व्यवस्था समितिले जनाएको छ ।

सदरमुकाम मार्तडीबाट गौमुल र कोल्टीसम्मको सडकमा सबैभन्दा बाक्लो हिमपात भएकाले जिप सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिमपातकै कारण जिल्ला सदरमुकाम मार्तडीबाट विभिन्न ठाउँमा सञ्चालन हुँदै आएको जिप सेवा पनि ५ दिनदेखि अवरुद्ध छ । 

ढम्कनेदेखि पोरखे लेकमा बाक्लो हिउँ परेकाले मार्तडीदेखि कोल्टीसम्मको कच्ची सडक खोल्न करिब एक साता लाग्ने प्रहरीले जनाएको छ ।