मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २९ बिहीबार २०:११:००
Read Time : < 1 मिनेट
समाचार

एसईईको नतिजा प्रकाशन एक महिनामा हुन्छ :  शिक्षामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २९ बिहीबार २०:११:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक महिनाभित्र सबै काम सम्पन्न गरी एसईईको नतिजा प्रकाशन गरिने बताएका छन् । विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङनको विवरण पठाएपछि मात्रै नतिजा प्रकाशन हुने उनले बताएका छन् ।

विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । कोरोना संक्रमण जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । 

इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार मात्रै नतिजा प्रकाशन गर्ने मन्त्री पोखरेलको भनाइ छ । विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई छ । यद्यपि, महामारीको समयमा व्यवहारिकतालाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने उनले बताए ।

अहिले तीन हजार भन्दा बढी विद्यालय क्वारेन्टाइनका रुपमा प्रयोग भएको र संक्रमणको जोखिम आगामी दुई महिना बढ्न सक्ने आँकलन भइरहेका बेला सरकारले एसईई परीक्षाको सवालमा यस्तो निर्णय गरेको मन्त्री पोखरेलले बताए । उनले खरिदार, नेपाल प्रहरी, नेपाली सेना, उच्च शिक्षा अध्ययनको आधार एसईई भएकाले राष्ट्रिय परीक्षा बोर्डबाट नै प्रमाणिकरण भएर नतिजा प्रकाशन हुने बताए ।