१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ जेठ २९ बिहीबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार

सोती घटनामा स‌ंलग्न भएकाे आराेपमा थप तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ जेठ २९ बिहीबार १२:२९:००

६ जना मारिएकाे रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा दुईजना र पक्राउ परेकाको बयानका आधारमा एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पीडित परिवारले किटानी जाहेरी दिएकामध्ये फरार सोती गाउँका १९ वर्षीय घमण्ड मल्ल र सोही ठाउँका १९ वर्षकै विष्णु मल्ल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेकाहरूको बयानका आधारमा सोती गाउँका २६ वर्षीय सर्वजित भनिने सविन पुनलाई पनि पक्राउ गरिएको छ । जेठ १० गते ६ युवाको ज्यान जाने गरी भएको सोती घटनामा पक्राउ पर्नेको संख्या २८ पुगेको छ । मृतकका परिवारले दिएको जाहेरीका आधारमा २० जना र पक्राउ परेकाहरूको बयानका आधारमा आठजनालाई पटकपटक गरी पक्राउ गरेको उनले बताए । बुधबार पक्राउ परेकालाई पनि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 

यसैबीच प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । ‘हामी घटना अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ,’ डिएसपी केसीले भने ।

आफ्नी १७ वर्षीया प्रेमिकालाई भगाएर बिहे गर्न भनी आएका भनिएका जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँका नवराज विकको समूहलाई सोती गाउँका स्थानीयले आक्रमण गरेका थिए ।