१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ २८ बुधबार २२:५१:००
Read Time : < 1 मिनेट
समाचार

पौने पाँच लाख विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाटै एसइईको ग्रेडसिट दिइने

Read Time : < 1 मिनेट
२०७७ जेठ २८ बुधबार २२:५१:००

०७६ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षा नहुने भएको छ । विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । 

एसइईको विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । शिक्षामन्त्री पोखरेलले एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको बताए । कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा लिने तयारी छ । 

एसइईमा एक हजार नौ सय ९५ केन्द्र र कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।

६ चैतबाट हुने भनिएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको चौकीमा पुगिसकेका थिए । कोरोना भाइरसको जोखिम बढेपछि एसइईको परीक्षा एक दिनअघि स्थगित भएको थियो ।