मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २८ बुधबार १२:२४:००
Read Time : < 1 मिनेट
समाचार

नेपाली भूमि फिर्ता ल्याउने विषय संसदबाट सर्वसम्मत पारित हुन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २८ बुधबार १२:२४:००

नेपाली भूमि फिर्ता ल्याउनले अभियानकाे श्रेय लिने, जस लिने, देवत्वकरण गर्ने विषय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

यस कार्य नेपालीको साझा भावनाको प्रकटीकरणका रूपमा भएको उनले बताए । 

उनले भने, ‘लामो समयदेखि कसकसले उठायो होला यो विषय, हामीले पनि उठाएका छौँ । जनस्तरबाट उठेको छ । आफ्नै स्वेच्छाले खोज गरेका छौँ  । तथ्यहरू खोजेका छाैँ । यसमा हामीले कसैले जस पाउला वा जसबाट चुक्ला भन्नुपर्दैन । यो संसद्को सर्वसम्मत निर्णय हुन्छ । कसले कम कसले बढी भन्ने हुँदैन । सबैको भावना एकै ठाउँमा समाहित छ भन्ने बुझ्नुपर्छ । फराकिलो भावनाका साथ अगाडि बढिरहेका छौँ । यस निम्ति सर्वदलीय, सर्वपक्षीय बैठकको समेत राय सल्लाह, जनस्तरबाट आएको भावनाअनुसार यो प्रयास अघि बढाइएको हो ।’

बुधबार संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरी तयार पारिएको नक्सा पास गर्ने प्रस्ताव हाल संसदमा पेस भएको अवस्थामा छ ।