Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ जेठ २८ बुधबार ११:२५:००
Read Time : < 1 मिनेट
समाचार

नवलपुरमा तीनजनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ३७ पुग्यो

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ जेठ २८ बुधबार ११:२५:००

पूर्वी नवलपरासीमा बुधबार तीनजनामा कोरोना भाइरस पुष्टि भएको छ । गैँडाकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजना गरी तीनजनामा बुधबार संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा बुधबार भेटिएका तीनजनासहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईं‌का अनुसार भरतपुर प्रयोगशाला परीक्षण गरिएकामध्ये गैँडाकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन कक्षमा उपचारका लागि लगिँदै छ ।

चितवनको भरतपुरमा रहेकाे प्रयोगशालामा गरिएको परीक्षणमा गैँडाकोट– १३ का २३ वर्षीय एकजना पुरुष र गैँडाकोट– १४ का २६ वर्षीय एकजनामा पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा बुधबार नै देवचुली नगरपालिका– ४ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार बुधबार देवचुली नगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । देवचुली नगरपालिकामा योसहित संक्रमितको संख्या ६ पुगेको छ भने एकजना निको भएर फर्किएका छन् ।