१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ २७ मंगलबार २१:२०:००
Read Time : < 1 मिनेट
समाचार

सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

Read Time : < 1 मिनेट
२०७७ जेठ २७ मंगलबार २१:२०:००

कालापानी, लिपुलेक, लिम्पयाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबार सभामुखले संविधान संशोधन प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् ।

संविधान संशोधन प्रस्ताव स्वीकृत गर्दा सांसदहरूले लामो समयसम्म ताली बजाएका थिए।

योसँगै सांसदहरूलाई संशोधन प्रस्ताव राख्न समय उपलब्ध भएको छ । सरकारले ल्याएको संशोधन विधेयकमाथि संशोधन गर्न सांसदहरूले ७२ घन्टाको समय पाउनेछन् । 

संसदमा सबै दलले सविधान संशोधन प्रस्तावको स्वागत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ २८ गते बिहान ११ बजेका लागि तोकिएको छ।