मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ २७ मंगलबार १८:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदीप गिरीको आंशका : प्रधानमन्त्रीले दिल्लीसँग वार्ता गर्न भ्याउनुभयो होला ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ २७ मंगलबार १८:२१:००

नेपाली भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीले कुनै गृहकार्य नगरेको कांग्रेस सांसद प्रदिप गिरिले आरोप लगाएका छन् ।  उनले भने, ‘जमिन नेपालको हो भन्नेमा बहस नै गर्न पर्दैन । तेरी आमा तेरो हो भनेर भन्ने प्रश्न गरेजस्तै हो ।’

मुसा मार्न जाँदा बाघको तयारी गर्नुपर्ने उनको भनाइ थियो । ‘एउटा उखान उहाँलाई याद रहेनछ । स्यालको सिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ । यति सजिलो छ ? कुनै गृहकार्य छैन । प्रतिपक्ष, मधेसका नेताहरूसँग सल्लाह गर्न सक्नुभएको छैन । अनि उहाँँले दिल्लीसँग कुरा गर्न भ्याउनुभयो होला ? विनागृहकार्य आफ्नो पार्टीसमेतलाई विश्वासमा नलिई गरिएको कार्य हो । तर, हामी समर्थन गर्छौँ,’ उनले भने ।

गिरिले प्रधानमन्त्रीलाई महाकाली सन्धि पनि सम्झाए । ‘कुनै समय वर्तमान प्रधानमन्त्री ओली र म संसद्को यस्तै मञ्चबाट एकसुर भएर महाकाली सन्धिका पक्षमा बोलेका थियौँ ।  त्यस सवालमा तत्कालीन एमाले टुट्यो । त्यतिवेला ओलीले र मैले पनि सायद गल्ती गरेका थियौँ । त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ,’ उनले भने ।