मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २७ मंगलबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार

बालुवाटारमा विरोध प्रदर्शन : जाग सरकार जाग (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ २७ मंगलबार १३:४२:००

कोरोना नियन्त्रणमा सरकारले खेलेको फितलो भूमिकाको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् । 

उनीहरूको विरोध प्रदर्शनलाई प्रहरीले लाठीचार्ज र पानीको फोहाेरा प्रयोग गरी तितरबितर पारेको छ । 

कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उनीहरू व्यक्तिगत दूरी कायम गर्दै धर्ना दिन प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । 
सामाजिक सञ्जालबाट जुटेका युवाहरू बालुवाटारमा धर्ना दिन पुगेका हुन् । 

करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेकाे थियाे । त्यसपछि धर्नामा सहभागी युवालाई पानीको फोहाेराले हानिएको थियो भने लाठीचार्ज पनि गरिएको थियो । धर्नामा पुगेका युवाहरूले सरकार खोइ ?, पिसिआर परीक्षण गर, १० अर्बको हिसाब चाहियो लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।