१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २७ मंगलबार ०९:४५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

क्वारेन्टाइनमा आयुर्वेदिक औषधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २७ मंगलबार ०९:४५:००

आयुर्वेदिक औषधिलाई पनि कोरोना भाइरस नियन्त्रणको विकल्पका रूपमा हेरिन थालेको छ । नेपाल र भारतका केही स्थानमा आयुर्वेदिक औषधिमाथि अनुसन्धान पनि सुरु भएका छन् ।

तर, भाइरसविरुद्धको भ्याक्सिन तयार पार्न प्रशस्त अध्ययन र प्रमाण आवश्यक हुन्छ । अहिलेलाई भान्सामा उपलब्ध हुन सक्ने जडीबुटीको उचित प्रयोग गर्न सकेमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । भाइरस संक्रमणको शंका लागेका व्यक्तिलाई छुट्टै क्वारेन्टाइनमा राख्नु मात्र उचित व्यवस्थापन नहुन सक्छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

परम्परागत औषधिको वैज्ञानिक प्रयोग

-हाम्रो घरवरपर वा भान्सामै धेरै औषधिजन्य वस्तु सजिलै उपलब्ध छन् । जस्तै– तुलसी, लसुन, बेसार, अदुवा, टिमुर, दालचिनी, ज्वानो, तितेपाती, पीपल, देवदारुलगायत । यी बोटबिरुवामा औषधीय गुण हुन्छन् । र, तिनको वैज्ञानिक प्रयोग आवश्यक छ ।

-बेसार, गुर्जो, टिमुर आदिलाई उमालेर दैनिक कम्तीमा तीन गिलास पिउन सकिन्छ । नियमित प्रयोगमा रहेका मसला र अन्य जडीबुटीलाई मात्रा मिलाएर सेवन गर्दा औषधिको काम गर्छ ।

-यी जडीबुटी आयुर्वेदमा विज्ञानबाट समेत प्रमाणित भएका छन् । शरीरमा भाइरसको संक्रमण हुन नदिन वा शरीरमा प्रवेश गरिसकेपछि पनि हानि गर्न नदिन आयुर्वेदिक औषधि विकल्प बन्न सक्छन् ।

-फ्लुबाट बच्न चिराइतो, असुरो, बेसार, पुस्करमोलजस्ता जडीबुटीको सेवन प्रभावकारी मानिन्छ । भाइरल संक्रमण नियन्त्रणका लागि यार्सागुम्बा, जटामसी, पाँचऔँले, निर्मसी, कुट्की पनि उपयोगी हुन सक्छन् ।

-पहाडमा पाइने देवदारु, चिराइतो, कुट्की, वर, पीपल, स्वामी, काफलको बोक्रा तथा तराईका अश्वगन्धा, सतामरी, मुस्ली, बिदारीकन्दाजस्ता वनस्पतिमा पनि औषधीय गुण रहेको प्रमाणित भइसकेको छ । क्वारेन्टाइन र आइसोलेसनमा राखिएका बिरामीका लागि परम्परागत आयुर्वेदिक औषधि प्रयोगमा ल्याउन आवश्यक छ।

-कुनै साइड इफेक्ट नगर्ने र अन्य विभिन्न स्वास्थ्य समस्याका लागि पनि प्रभावकारी हुने भएकाले सहजै उपलब्ध हुने जडीबुटीहरू मात्रा मिलाएर संक्रमित व्यक्तिलाई दिन सकिन्छ ।

-यससँगै क्वारेन्टाइनमा बसेका व्यक्तिले व्यायाम र योग गर्न सक्छन् । परम्परागत औषधिको प्रयोग, नियमित व्यायाम र प्राणायाम क्वारेन्टाइनमा बस्नेहरूका लागि अत्यावश्यक छ ।