मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फोटो : रासस
२०७७ जेठ २६ सोमबार २१:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्री भुसालको दाबी– कृषिमा अब क्षुद्र राजनीतीकरण हुँदैन

Read Time : < 1 मिनेट
२०७७ जेठ २६ सोमबार २१:११:००

कृषिमन्त्री घनश्याम भुसालले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मा अनावश्यक राजनीतीकरण, गुटकरण गरेर ध्वस्त पारिएको बताएका छन् । उनले भने, ‘कहिलेकाहीँ म इन्फर्मल हुँदा दुःख हुन्छ । हामीले बिगाऱ्यौँ । सबै मिलेर बिगाऱ्यौँ । हामीले अनावश्यक राजनीतीकरण, गुटकरण गरेर त्यसलाई ध्वस्त पारिदियौँ । यो हाम्रो सबैभन्दा ठूलो प्रोजेक्ट हो । एक महिना त म त्यसैमा मात्रै लागेको छु ।’

विनियोजन विधेयकमाथि सोमबार जवाफ दिँदै मन्त्री भुसालले अब क्षुद्र राजनीति नहुने बताएका हुन् । अब राम्रो हुँदै जानेमा आफूले ग्यारेन्टी गर्नेसमेत उनले दाबी गरेका छन् । ‘अब यस खालको क्षुद्र राजनीतीकरण हुँदैन । यो म ग्यारेन्टी गर्छु । कृषि मन्त्रालयबाट दिइने कुरामा कम्तीमा यति विश्वास गर्नुस् । हामीले राम्रो गर्दा राम्रै हुँदै जाला भन्ने मैले विश्वास गरेको छु,’ उनले भने । 

सांसद प्रेम सुवालले कृषि मन्त्रालयमा कमिसन संस्थागत भएको भन्नेबारे कृषिमन्त्रीको जवाफ मागेका थिए । त्यसबारेमा आफ्नो कुनै पनि असहमति नरहेको उनले बताए । उनले भने, ‘व्याख्यामा कुनै असहमति छैन । बदल्न भनेर आएको हुँ । कति सकिन्छ हिसाब गरेर देखाउँछु । यतातिर लाग्याैँ भने हामी केही बदल्न सक्छौँ ।’
किसान पेन्सनबारे पनि सांसदहरूले जिज्ञासा राखेका थिए । अब यसलाई नारा मात्रै सीमित गर्न नहुने भुसालको भनाइ थियो । अब व्याख्या मात्रै गर्ने हाेइन, बदल्ने दिन आएको उनले बताए ।