मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २६ सोमबार १७:०३:००
Read Time : < 1 मिनेट
समाचार

२५ सय आयोजनाको माग भएको थियो, धेरै कटौती गर्नुपऱ्यो : योगेश भट्टराई

Read Time : < 1 मिनेट
२०७७ जेठ २६ सोमबार १७:०३:००

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालयमा सांसदहरूले २५ सयभन्दा बढी योजनाका निवेदन दिएकोमा धेरै कटौती गर्नुपरेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कुनै–कुनै आयोजनामा मागिएको रकमको पनि कम हिस्सा मात्रै बजेटमा पार्न सकिएको बताए । 

बजेटको अभावले योजना काट्नुपरेको र समावेश योजनामा पनि कम रकम छुट्याउनुपरेको भट्टराईले बताए । 

उनले भने, ‘जनप्रतिनिधिहरूसँग मतदाताहरूका असीमित दबाब छन् । जनताका असीमित आकांक्षाहरू छन् । त्यसअनुसार माननीयहरूले बजेटको माग गर्नुभएको छ । कार्यक्रमको माग गर्नुभएको छ । योजनाहरूको माग गर्नुभएको छ । तर, हामीसँग यसपटकको बजेट हेऱ्याैँ भने हामीले उठाउने राजस्वले साधारण खर्च धान्न पनि सक्ने अवस्था देखिँदैन । यसको प्रभाव पुँजीगत खर्चमा पनि पर्ने नै हुन्छ । जसले गर्दा माग भएका थुप्रै आयोजना समावेश हुन सकेको छैन । यसलाई बाध्यात्मक परिस्थितिको रूपमा बुझिदिनुहुनेछ भन्ने छ । माननीयहरूको २५ सयजति निवेदन संकलित थियो, त्यसमा विभिन्न आयोजनाको माग भएको थियो । ती धेरै नै कटौतीमा परेका छन् । मागिएको रकमको पनि धेरै कम हिस्सा मात्रै बजेटमा परेको छ भने कतिपय कार्यक्रम कटौतीमा परेका छन् ।’