१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस भक्तपुर
२०७७ जेठ २६ सोमबार १६:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु,काेराेना संक्रमण भएकाे हुन सक्ने भन्दै सबै सेवा बन्द

Read Time : < 1 मिनेट
रासस भक्तपुर
२०७७ जेठ २६ सोमबार १६:०४:००

भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी बेथा लागेपछि आइतबार साँझ अस्पताल पुगेकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका– ३ घर भई हाल चाँगुनारायण नगरपालिका– ३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । 
    
सुत्केरी भएको आधा घन्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशंकामा अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो । 
     
मृत्युपछि कोरोनाको आशंकामा आइतबार राति करिब ९ बजे स्वाब लिई पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताइन् । उनले अस्पतालमा भने विशेष सजगता अपनाएको जानकारी दिइन् । 

अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमित रूपमा केएमसी अस्पताल सिनामंगलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको बताए । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यही २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उनले जानकारी दिए । महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।