१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ २६ सोमबार १५:१२:००
Read Time : < 1 मिनेट
समाचार

रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै नेविसंघको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ २६ सोमबार १५:१२:००

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रुकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ । 

सांसदहरूको दबाबको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए पनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । 

सोमबार काठमाडौंको माइतीघरमा गरेको विरोध सभामा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ गर्दा घटनालाई लुकाइ पीडकहरूलाई उन्मुक्ति दिने खतरा बढेको बताए । उनले राज्य पक्षबाट पीडकहरूलाई संरक्षण गर्ने प्रवृत्ति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिन सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको बताए । 

पीडितलाई न्याय पाउने कुरामा मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दबाब दिनुपर्ने पौडेलले बताए ।  विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरूसमेत सहभागी थिए ।