मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ जेठ २६ सोमबार १३:४२:००
Read Time : < 1 मिनेट
विश्व

ज्वरो आएपछि दिल्लीका मुख्यमन्त्री केजरीवालको कोरोना परीक्षण गरिँदै 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ जेठ २६ सोमबार १३:४२:००

ज्वरो र खोकीको समस्या देखिएपछि भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कोरोना परीक्षण हुने भएको छ । 

काेराेना संक्रमणकाे लक्षणसँग मिल्ने ज्वरो र खोकीको समस्या देखिएपछि उनलाई कोरोना परीक्षण गराउन लागिएको बिबिसीले जनाएको छ । 

उनलाई घरमै आइसोलेसनमा राखिएको र मंगलबार दिउँसोसम्मका पूर्वनिर्धारित सबै बैठकहरू रद्द गरिएको समाचारमा जनाइएको छ । 

यसबारेमा दिल्ली सरकारले भने कुनै पनि आधिकारिक सूचना जारी गरेको छैन ।