१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २६ सोमबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ

क्रिएसन र कोकाकोलाको राहत वितरणमा दयाहाङ राई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २६ सोमबार ०६:४४:००

क्रिएसन नेपालले द कोकाकोला फाउन्डेसनका साथमा सफाइकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । अभिनेता तथा क्रिएसनका सद्भावनादूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिका साथ तेस्रो साताको राहत वितरण सम्पन्न भएको हो । 

राहत वितरण कार्यक्रम क्रिएसन र द कोकाकोला फाउन्डेसनको संयुक्त पहलमा ३ हजार २ सयजना सफाइकर्मीलाई सहयोग गर्ने लक्ष्यका साथ जारी सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्साका रूपमा सुरु गरिएको कोकाकोलाले जनाएको छ । यसबाट काठमाडौं, ललितपुर र भक्तपुरका १ हजार ४ सयभन्दा बढी सफाइकर्मी लाभान्वित भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त टोलीले यस साताको चार दिनको वितरण अवधिमा २ सय ८७ सफाइकर्मीलाई रासन प्याकेजहरू, औषधि, जागरुकता सामग्री र ग्लोब्स, बुट, पिपिईसहितको रक्षात्मक सामग्री प्रदान गरेको जनाइएको छ ।

यसका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता, जागरुकता पनि प्रदान गरिएको थियो । राहत वितरण कार्यक्रमहरू टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैँसेपाटीलगायत काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा पार्टनरहरू रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसिएटिभको सहयोगमा आयोजना गरिएको कोकाकोलाले जनाएको छ । 

सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाइकर्मीको उत्थानमा मद्दत पु¥याउने उद्देश्यका साथ अघि बढिरहेको कोकाकोलाले जनाएको छ ।