मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २६ सोमबार ११:१९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

महामारीबाट बच्न पशुपक्षीसँग दूरी राखाैँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २६ सोमबार ११:१९:००

कोभिड-१९ को महामारीबाट जनजीवनलाई सामान्य बनाउन सबैजसो मुलुक प्रयासरत छन् । भविष्यमा घरपालुवा पक्षीबाट पनि यस्तो भाइरसको संक्रमण हुन सक्नेमा वैज्ञानिकहरूले सजग गराएका छन् ।

विश्वभरका वैज्ञानिकले शाकाहारी भोजन र रोपेर उत्पादन गरिएका खानेकुरामा बानी बसाउन सुझाब दिइरहेका छन्, अहिले ।

- कुखुराबाट ‘एपोकालिप्टिक’ भाइरस सर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ । त्यसैले कुखुराको मासु प्रयोग र पोल्ट्री फार्मको सरसफाइमा ध्यान दिन उनीहरूले सुझाएका छन् ।

- लेखक डा. माइकल ग्रेगरले आफ्नो बेस्ट सेलर पुस्तक ‘हाउ टु सर्भाइभ अ पेन्डेमिक’मा यसबारे चर्चा गरेका छन् । भविष्यमा यस्ता भाइरसको संक्रमण फैलिन नदिन सजग रहनुपर्ने उनको सुझाब छ । कुखुराको अन्डाको अप्राकृतिक उत्पादन रोक्नुपर्ने सुझाब पनि डा. ग्रेगरले दिएका छन् ।

- इन्डोनेसियामा गरिएको एक अध्ययनमा पोल्ट्री फार्मबाट विभिन्न प्रकारका ‘ब्याक्टेरियल’ र ‘भाइरल’ समस्या निस्किएको पाइएको छ, जसले श्वासप्रश्वाससम्बन्धी समस्या सिर्जना गरेको अध्ययनले देखाएको छ ।

- उनको तर्कलाई अन्य वैज्ञानिकले पनि समर्थन गरेका छन् । कुखुराको मासु आममानिसको सहज पहुँचमा भएकाले सरसफाइमा ध्यान दिएमा भविष्यमा महामारीबाट बच्न सकिने वैज्ञानिकहरूको राय छ ।

- मानिससँग नजिकमा रहने जनावर र चराचुरुंगीसँग दूरी बढाउनुपर्ने वैज्ञानिकहरू बताउँछन् ।

- ‘कोरोना’, ‘स्वाइन फ्लु’, ‘एच वान एन वान’लगायत भाइरस जनावरबाटै मानिसमा प्रसार भएको पुष्टि भएको छ । त्यसैले पशुपक्षीको सहज पहुँचबाट दूरी बढाउन वैज्ञानिकहरूले सल्लाह दिएका हुन् ।

एकपटक देखिएको भाइरस पूर्ण रूपमा हराएर नजाने भएकाले त्यसको प्रसार हुनै नदिनुको विकल्प नरहेको डा. ग्रेगरले आफ्नो पुस्तकमा सुझाब दिएका छन् ।