१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ २६ सोमबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनमा कुखुरादेखि सुनसम्म चोरी :  कञ्चनपुर प्रहरीद्वारा चोरीका  घटनामा संलग्न २० जना सार्वजनिक 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ २६ सोमबार १०:३३:००

लकडाउनको मौका छोपी कञ्चनपुरमा चोरी गर्ने समूहको बिगबिगी छ । कुखुरादेखि सुनसम्मका चोरी बढेका छन् । 

विभिन्न चोरीका घटनामा संलग्न २० जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । ४२ थान साइकल बरामदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार कञ्चनपुरका बेदकोट, भीमदत्त नगरपालिका र कैलालीका लम्की चुहा नगरपालिका क्षेत्रका युवक पक्राउ परेका छन् । ब्राेइलर कुखुरा, साइकल, मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, पसलमा चोरी गर्नेदेखि घरमा सुन चोरी गर्ने पक्राउ परेका हुन् । 

कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले विभिन्न चोरीका घटनामा संलग्नमाथि छानबिन भइरहेको बताए । उनका अनुसार बरामद गरेका साइकल सवारीधनीलाई पहिचानका लागि कागजात एवं हुलिया ल्याएर उपस्थित हुन आह्वान गरिएको छ । चोरीका साइकल काठमाडौंबाट ल्याएका हौँ भनेर उनीहरूले स्थानीय बजारमा बिक्री–वितरण गरेका थिए ।