मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २६ सोमबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ

बंगलादेशसँगको व्यापार ठप्प

भारतबाट निरन्तर सामग्रीहरू आयात भइरहेका छन्, तर नेपालमा उत्पादित सामानको निर्यात ठप्प छ

Read Time : < 1 मिनेट
२०७७ जेठ २६ सोमबार ०६:४४:००

नेपाल-बंगलादेश व्यापारको एक मात्र नाका काँकडभिट्टाबाट दुई महिनादेखि व्यापार ठप्प छ । ११ चैतमा लकडाउन सुरु भएसँगै बंगलादेशसँगको व्यापार ठप्प भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टा प्रमुख ध्रुव विश्वकर्माले २६ चैतबाट एक महिना भारतको पश्चिम बंगाल राज्य सरकारले कोरोना त्रासको कारण देखाउँदै रानीगन्ज नाका ठप्प पार्दा व्यापार प्रभावित भएको हो । 

एक महिनापछि २७ वैशाखबाट नाका सञ्चालनमा आयो । तर, पश्चिम बंगालले सर्त राख्यो- सामान पठाउँछौँ, तर त्यताबाट गाडी नपठाउनू । यसका कारण बंगलादेशसँगको व्यापारमा प्रत्यक्ष प्रभाव परेको मेची भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए ।  

भन्सार प्रमुख विश्वकर्माका अनुसार नेपालबाट जडीबुटी, मुसुरो दाललगायत बंगलादेश जान्थ्यो । बंगलादेशबाट औषधि, आलु, मकै, कपीमा प्रयोग हुने प्रिन्टिङ पेपर, ब्याट्री, किचनका सामग्रीलगायत आउने गरेको उनले बताए । मेची भन्सारको कुल राजस्वको १० प्रतिशत बंगलादेशबाट आयात हुने व्यापारले धानेको थियो । 

भारतसँग एकतर्फी व्यापार पूर्वी नाकाबाट गाडी 

जान नपाएपछि भारतसँग अहिले नेपालको एकतर्फी व्यापार मात्र छ । यसवेला भारतले आफ्नो देशमा उत्पादित सामान नेपाल पठाइरहेको छ भने नेपालबाट उत्पादन भएका सामान पश्चिम बंगाल निर्यातमा रोक लगाएको छ ।

भन्सार प्रमुखका अनुसार अहिले भारतबाट तरकारी तथा फलफूल, धान, चामल, कोदो, चकलेट, कोइला, क्लिंकर तथा सिमेन्टका कच्चा पदार्थ र हाइड्रोका सामग्री आइरहेका छन् । तर, नेपालको निर्यात भने ठप्प छ ।