१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २५ आइतबार १९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दल दर्ताका लागि जसपाले बुझायो निर्वाचन आयोगमा कागजात

Read Time : < 1 मिनेट
२०७७ जेठ २५ आइतबार १९:१८:००

जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

आइतबार साँझ जसपाका नेताहरू आयोग कार्यालय पुगेर निवेदन र कागजात बुझाएका हुन् । 

जसपाको दल दर्ता नम्बर १३९२ छ ।

दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने राजनीतिक दलसम्बन्धी ऐनअनुसार व्यवस्था छ ।

यही समयसीमालाई ध्यान दिँदै जसपा नेताहरु अन्तिम दिन कागजात बोकेर आयोग पुगेका हुन् । 

पार्टी एकता घोषणाको सूचना दिएको शनिवार नै ४५ दिन पुगेको थियो ।

तर, अन्तिम दिन शनिवार भएकाले आइतवार मात्रै जसपा नेताहरुले कागजात बुझाएका हुन् । 

जसपाले एक संघीय कार्यकारी अध्यक्ष र दुई केन्द्रीय कार्यकारी समितिका अध्यक्षसहितको नेतृत्व प्रणालीमा सहमति जुटाएको छ ।

जसअनुसार, संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्षद्धय  महन्त ठाकुर, र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो छन् । 

दल दर्ताको निवेदन लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराई, नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत आयोग कार्यालय पुगेका थिए । 

गत १० वैशाखमा राजपा र समाजवादी पार्टीबीच एकीकरणको सहमति भएको थियो ।

तर, शीर्ष नेतृत्वको वरीयता र अधिकार बाँडफाँड नमिलेका कारण ढिलाइ भएको थियो । 

आइतबार कानुनी बाध्यताका कारण जसपाले दल दर्ताका लागि निवेदन दिएको हो । 

दल दर्ताको निवेदन आयोगमा दर्ता भएपछि अबको ४५ दिनभित्र आयोगले जसपालाई नयाँ पार्टीको प्रमाणपत्र प्रदान गर्नेछ ।