१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ २५ आइतबार १३:४०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

ठमेलको मनाङ होटेललाई यसरी बनाइँदै छ हाेल्डिङ सेन्टर (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ २५ आइतबार १३:४०:००

ठमेलस्थित मनाङ होटेलले विदेशबाट आउने नेपाली नागरिकका लागि होल्डिङ सेन्टरको रूपमा तयार पारेकाे छ । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने नेपाली नागरिकलाई होटेलमा राख्ने नीति लिएपछि  व्यवसायीहरूले होटेललाई हाेल्डिङ सेन्टरका रूपमा प्रयोग गर्न तयार भएका हुन् ।

मनाङ होटेलले ५० बेड उपलब्ध गराउने तयारी गरेको छ । होटेलका व्यवस्थापक रमेश गिरीका अनुसार प्रयोग गरिने सबै कोठा जर्मन प्रविधिबाट डिसइन्फेक्सन गरिएको छ । ‘हामी हरेक दिन कोठाहरूमा डिसइन्फेक्सन स्प्रे गर्छौँ,’ उनले भने ।

यसबाहेक होलका कर्मचारीलाई सम्भावित संक्रमणबाट जोगाउन पनि होटेलले तयारी गरेको छ । कर्मचारीलाई मास्क, पञ्जा उपलब्ध गराउनेसँगै कर्मचारीको बिमासमेत गरिएको होटेलले बताएको छ ।  होटेलले विदेशबाट आउने नेपाली नागरिकलाई सरकार र होटेल एसाेसिएसन नेपालले तोकेअनुसारको शुल्क लिने बताएको छ ।