मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २४ शनिबार ०७:२१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मेटाबोलिक सिन्ड्रोमबाट बच्न स्वस्थ खानपान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २४ शनिबार ०७:२१:००

-उच्च रक्तचाप, कोलेस्ट्रोल, रक्तनलीको समस्या, ग्लुकोजको मात्रा कम हुने, हाइपर इन्सुलिनेमिया र पेटमा बोसो जम्नेलगायत जोखिम कारणहरूको समूह हो, मेटाबोलिक सिन्ड्रोम । यसलाई विकारहरूको समूह पनि भन्ने गरिन्छ ।

-यसले हृदयाघातको जोखिम बढाउँछ, अनि टाइप–२ डाइबिटिजको पनि मुख्य कारक मानिन्छ ।

-लामो समय शारीरिक निष्क्रियतामा रहनु, पोषणयुक्त खानपानको अभावजस्ता कारणले मेटाबोलिक सिन्ड्रोमको समस्या देखिन्छ । कोभिड–१९ को महामारीका कारण लकडाउनको अवधि लम्बिँदै जाँदा स्वस्थ खानपान र शारीरिक व्यायाममा कमी आएको छ, जसले मेटाबोलिक सिन्ड्रोमको जोखिम बढाएको छ ।

उच्च रक्तचाप, कोलेस्ट्रोल, रक्तनलीको समस्या, ग्लुकोजको मात्रा कम हुने, हाइपर इन्सुलिनेमिया र पेटमा बोसो जम्नेलगायत जोखिम कारणहरूको समूह हो, मेटाबोलिक सिन्ड्रोम ।

-शरीरमा चिनीको मात्रा सन्तुलित राख्न, तौल घटाउन र कोलेस्ट्रोल व्यवस्थापन गर्न कार्बोहाइड्रेटयुक्त खाद्यवस्तुको नियमित सेवन गर्नुपर्छ । आलु, रोटी, मकै, खैरो चामल, दाल, जौजस्ता खाद्यवस्तुमा कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छ । शरीरमा रोगप्रतिरोधी क्षमता बढाउन कार्बोहाइड्रेटजन्य खानेकुराको विशेष भूमिका हुन्छ ।

-फाइबरयुक्त खानाबाट हृदयरोग र स्ट्रोकको जोखिम कम हुन्छ । मौसमी फलफूल, गेडागुडी, तरकारीलगायत फाइबरयुक्त खानेकुराले कोलेस्ट्रोल बढ्न दिँदैनन्, रक्तचाप नियन्त्रणमा राख्छन्, अनि मुटुरोग र क्यान्सरजस्ता दीर्घरोगबाट पनि टाढा रहन मद्दत गर्छन् ।

-अनस्याचुरेट फ्याट अर्थात् स्वस्थ बोसोयुक्त खाना पनि स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ । माछा, नट्स, वनस्पति घ्यू, जैतुन, मकै, सोयाबिन तेललगायतमा स्वस्थ बोसो पाइन्छ । यस्ता खाद्यवस्तुले उच्च रक्तचाप र धमनीमा बोसो जमेर निम्तिने समस्या रोक्न मद्दत गर्छन् । र, मेटाबोलिक सिन्ड्रोमको जोखिम कम हुन्छ ।

-दुग्धजन्य पदार्थमा पाइने प्रोटिन, एमिनो एसिड, क्याल्सियम र खनिज पदार्थले तौल व्यवस्थापन र रक्तचाप कम गर्न मद्दत पुर्‍याउँछन् । दूधमा पाइने प्रोबियाटिक ब्याक्टेरिया, पेप्टाइड्स र प्रोटिनले प्लाज्मामा कोलेस्ट्रोल बढ्न पाउँदैन ।

-स्वस्थ जीवनशैली र खानपानबाट मात्र रोगप्रतिरोधी क्षमता बढ्छ । रोगप्रतिरोधी क्षमताले मात्र कोरोना भाइरसको संक्रमणलाई टाढा राख्छ । 

-प्याक गरिएका जुस, सोडा, आलुचिप्स, प्रशोधित खाद्यपदार्थहरू यतिवेला सकेसम्म खानुहुँदैन । तेलमा तारिएका खानेकुरामा चिनी र मसलाको मात्रा अत्यधिक हुन्छ, जुन स्वास्थ्यका लागि प्रतिकूल हुन्छन् ।