मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शान्ता कमली
२०७५ माघ १४ सोमबार ०९:४३:००
Read Time : > 1 मिनेट
प्रदेश

जिल्ला सामुदायिक अस्पताल लमजुङको आकस्मिक सेवा भवन निर्माण

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ माघ १४ सोमबार ०९:४३:००

लमजुङको सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालको आकस्मिक सेवा भवन निर्माण भएको छ । जिल्ला सामुदायिक अस्पतालको नवनिर्मित आकस्मिक भवनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सरकारी अस्पतालमा रहेको अहिलेको व्यवस्थापन परिवर्तन नहुँदासम्म सेवामा गुणस्तर आउन नसक्ने बताए । पुराना मानसिकता र नयाँ आवश्यकताकोबीचमा समस्या उत्पन्न भएको बताउँदै उनले भने, ‘व्यवस्थापकिय कमजोरीले सरकारी अस्पतालहरु लथालिङ्ग भएका छन् । पर्याप्त सामाग्री छैन् । भनेका बेला डक्टर आउँदैनन् । जता हेर्यो उतै फोहोर छ ।’

४ बर्षभित्र प्रदेशभित्रका ११ वटा जिल्ला अस्पताललाई नमुनाको रुपमा बिस्तार गरिने

यस्तै व्यवस्थापनमा सञ्चालन गर्ने हो भने जनताले कहिले सुविधा नपाउने उनले बताए । उनले सरकार र समुदाय साँझेदार गरि लमजुङकै मोडेलमा अस्पताल सञ्चालन गर्न उपर्युक्त हुने बताए । आगामी ४ बर्षभित्र प्रदेशभित्रका ११ वटा जिल्ला अस्पताललाई नमुनाको रुपमा अगाडी बढाएरै देखाउने उनले दाबी गरे । जतिसक्दो छिटो गण्डकी प्रदेशभित्रै मुटु, क्यान्सर, मृर्गौला, बालरोग, स्त्रीरोगको उपचार हुने सुविधा सम्पन्न अस्पतालहरु खोल्ने योजनामा प्रदेश सरकार लागेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह आर्यालले पनि लमजुङ सामुदायिक अस्पताल देशकै नमुना भएको भन्दै यसलाई अझ राम्रो र सेवा विस्तार गर्न आफुहरु हातेमालो गरि अघि बढ्न तयार रहेको बताए । लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले गुरुयोजना अनुरुप अस्पताल निर्माण भएमा स्वास्थ्य सेवासँगै पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने धारणा राखे । 

४ करोड २३ लाख ६७ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त

स्वास्थ्य मन्त्रालयको सहयोगमा ३ तले आकस्मिक सेवा भवन निर्माण गरिएको हो । अस्पताल प्रशासनका अनुसार स्वास्थ्य मन्त्रालयबाट आर्थिक बर्ष ०७२/०७३ मा ३ करोड २७ लाख ७७ हजार रुपैयाँँ र आर्थिक बर्ष ०७३/०७४ मा ९५ लाख  ९० हजार ५ सय रुपैयाँँ गरी कुल ४ करोड २३ लाख ६७ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको थियो । आकस्मिक सेवा भवनको निर्माण गर्न २ करोड ७४ लाख २१ हजार ४० रुपैयाँ खर्च भएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका अस्पताल प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताए ।  

उनका अनुसार आकस्मिक सेवा भवन, सेफ्टीट्याङ्की र तालिम भवनको मर्मतसम्भार र रंगरोगनमा २ करोड ९६ लाख ४० हजार ५ सय रुपैयाँ छुट्याएको थियो । अन्य रकम  सेफ्टी ट्याङ्की, तालिम भवन मर्मतमा खर्च भएको अस्पताल सञ्चालन संस्था मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) का कार्यकारी निर्देशक कपिलप्रसाद जैसीका बताए । उनका अनुसार १ करोड २७ लाख २७ हजार रुपैयाँ मेडिकल उपकरण खरिद गरिएको छ । सो आकस्मिक भवनमा ६ वटा बेड राखिएको छ ।