मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
फोटो रासस
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २३ शुक्रबार २०:१५:००
Read Time : < 1 मिनेट
समाचार

युएईबाट आइपुगे एक सय ६८ नेपाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २३ शुक्रबार २०:१५:००

संयुक्त अरब इमिरेट्स (युएई)बाट एक शिशुसहित एक सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरणका लागि लकडाउन गरिएपछि युएईमा रोकिएका उनीहरूलाई एयर अरेबियाको जहाजबाट शुक्रबार साँझ नेपाल ल्याइएको हो । सो जहाजमा एक नेपालीको शव पनि ल्याइएको छ ।

नेपाल आइपुगेकाहरू नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरिएका व्यक्तिहरू भने होइनन् । दुईवटा सुरक्षा कम्पनीमा आबद्ध भई काम गर्दै आएका र करार अवधि समाप्त भएपछि नेपाल फर्किनबाट रोकिएका व्यक्तिहरू रहेका छन् । एक सय ६८ जनामध्ये ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना छन् । बाँकी अन्य कम्पनीमा काम गर्ने नेपाली हुन् । 

विदेशबाट आएका नेपाली नारिकलाई प्रदेशगत रूपमा व्यवस्थापन गर्नुअघि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका नौवटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ । त्यसपछि सामान्य स्वास्थ्य जाँच गरी सम्बन्धित प्रदेश र स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी सेनाले व्यवस्थापन गरेको छ ।  

शुक्रबार बिहान म्यानमारमा रोकिएर रहेका २६ जना नेपालीलाई म्यानमार एयरफाेर्सको विमानमार्फत नेपाल ल्याइएको थियो । म्यानमारबाट आएकाहरूलाई बसुन्धरास्थित यती पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ ।