१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १२:५३:००
Read Time : < 1 मिनेट
अर्थ

चालू आवमा अहिलेसम्म आठ खर्ब २७ अर्ब मात्र बजेट खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २३ शुक्रबार १२:५३:००

सरकारले चालू आर्थिक वर्षको यही २१ जेठसम्म आठ खर्ब २७ अर्ब रुपैयाँ मात्र बजेट खर्च गर्न सकेकाे छ ।

यसमध्ये ६ खर्ब २२ अर्ब चालू अर्थात् सामान्य खर्चतर्फ खर्च भएको छ भने पुँजीगत याने कि विकास खर्चतर्फ जम्मा एक खर्ब २० अर्ब रुपैयाँ मात्र खर्च हुन सकेको छ । 

साथै वित्तीय व्यवस्थापनतर्फ ८४ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिए । 

सरकारले चालू आवका लागि १५ खर्ब १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । 

जसमध्ये चालू खर्चतर्फ नाै खर्ब ५७ अर्ब छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ चार खर्ब आठ अर्ब रुपैयाँ छुट्याइएको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ । 

महालेखा नियन्त्रक मैनालीले कतिपय आयोजनाको भुक्तानी भए पनि रिपाेर्टिङमा केही ढिलाइ भएको हुँदा विकास खर्चको आकारमा केही वृद्धि हुन सक्ने बताए । 

चालू आर्थिक वर्षको २१ जेठसम्मको तथ्यांकअनुसार सरकारले विभिन्न स्रोतबाट कुल ६ खर्ब ८२ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । 

जसमा करतर्फबाट पाँच खर्ब ७० अर्ब, गैरकर ५७ अर्ब र अनुदान एवं अन्य आम्दानी ५५ अर्ब रहेको महालेखा नियन्त्रक मैनालीले जानकारी दिए । 

यो आम्दानी सरकारले लिएको लक्ष्यको तुलनामा करिब ५८ प्रतिशत मात्र हो ।

साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म नाै अर्ब ८६ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यो रकम संघीय, प्रदेश र स्थानीय निकायले खर्च गरेका हुन् । 

साथै संघीय कोरोना कोषमा दुई अर्ब २१ करोड रुपैयाँ संकलन भएको, प्रदेश कोरोना कोषमा एक अर्ब ९९ करोड र स्थानीय तहमा चार अर्ब रुपैयाँ जम्मा छ ।