मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार २१:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २२ बिहीबार २१:२४:००

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनी चलचित्र निर्देशक तथा प्रोड्युसरका रूपमा परिचित छन् ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । नायक भुवन केसी, निखिल उप्रेतीलगायतले पनि अध्यक्षका लागि आवेदन दिएका थिए ।