मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फोटो रासस
२०७७ जेठ २२ बिहीबार १८:४१:००
Read Time : < 1 मिनेट
समाचार

तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १८:४१:००

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको बिहीबार बसेको बैठकले गृह मन्त्रालयलाई निर्देश गर्दै भनेको छ, ‘कोभिड– १९ रोकथाम गर्ने सम्बन्धमा कानुनलाई हातमा लिई अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानको तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू ।’

त्यस्तै, समितिको बैठकले खाद्य पदार्थमा हुने मिसावट रोक्न उद्योग वाणिज्य आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । 

सर्वसाधारण जनताको स्वास्थ्यको ख्याल गर्दै खाद्य पदार्थमा कुनै अखाद्य पदार्थको मिसावट रोक्न नेपाललाई आवश्यक पर्ने खाद्यान्न सञ्चिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिन पनि निर्देशन दिएको छ ।