मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २२ बिहीबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस सांसद प्रकाश पन्थले पनि दर्ता गरे गैरसरकारी विधेयक

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १८:१५:००

राष्ट्रिय सभामा कांग्रेस सांसद प्रकाश पन्थले पनि गैरसरकारी विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएका छन् । नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९४ बमोजिम सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न संघीय संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएको उनले जानकारी दिए । 

सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम विभिन्न वर्गहरूले सामाजिक सुरक्षा भत्ता पाइरहेको वर्तमान अवस्थामा ६० वर्षमुनिका एकल महिला (विधवा) र अतिअशक्त अपांगता भएका व्यक्तिले भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट उक्त सामाजिक सुरक्षा भत्ता विगतका वर्षहरूदेखि नै प्राप्त गरिरहेको सन्दर्भमा ऐनमा नै सोसम्बन्धी व्यवस्था गर्नु आवश्यक भएकाले सामाजिक सुरक्षा ऐन, २०७५ मा पहिलो संशोधन गर्न बनेको विधेयक दर्ता गराएका हुन् ।