१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ जेठ २२ बिहीबार १८:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोनामुक्त भई  विराटनगरबाट एकैदिन २७ जना डिस्चार्ज  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ जेठ २२ बिहीबार १८:१७:००

प्रदेश १ को विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रबाट बिहीबार एकैपटक २७ जना कोरोना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । कोभिड उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार निको हुनेहरू सबै नेपाली नागरिक हुन् ।

उनीहरूलाई अपराह्न प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र अस्पताल प्रशासनले बिदाइ गरेका थिए  । 

प्रदेश १ मा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या हालसम्म ७५ पुगेको छ । तीमध्ये १८ जना धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट र ५७ जना विराटनगरस्थित कोसी  कोभिड अस्पतालबाट छन् ।

विराटनगरस्थित कोभिड उपचार केन्द्रमा अझै १२ जनाको उपचार भइरहेको छ । प्रदेश १ मा बिहीबारसम्म जम्मा कोरोना संक्रमितकाे संख्या दुई सय एक पुगेको छ ।